ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पनि पहिरोको त्रास, घरबासको ठेगान छैन


admin
२७ भदौ २०७४, मंगलबार   ४ : २४   बजे

बागलुङ, २७ भदौ । पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर पुनःसपरिवार घर फर्कनुभएको छ ।

पहिरोबाट बच्न उहाँलगायत हुल्दीका दर्जनौँ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा कम भए पनि हुल्दीवासीमा त्रास भने अझै महिना दिनअघिकै जस्तो छ । गत साउन २० गतेको भिषण वर्षापछि आएको पहिरोले सिंगो गाउँ नै जोखिममा छ । “पानी पर्न कम भएपछि गाउँलेहरु घर फर्कदै छन्, कोही त अझै लेकको खर्कमै छन्” सिँजालीमगरले भन्नुभयो ।

हुल्दीको समस्या नौलो भने होइन, वर्षेनी यो गाउँ पहिरोको चपेटमा छ । यो वर्ष गाउँको बीचबीचबाट ठूला पहिरो धसिएपछि १५० परिवार स्थानान्तरण भएका हुन् । जग्गा चिरिने, भाँसिने, घर गोठ चर्कने हुन थालेपछि त्यहाँका बासिन्दा घरबारै छोडेर सुरक्षित स्थलतर्फ लागेका थिए । घर आए पनि ढुक्कसँग बस्ने अवस्था नरहेको पहिरो प्रभावित बताउँछन् । पहिरोमा आमा र घरसमेत गुमाउनुभएका लालबहादुर सिँजालीमगर अहिले दाजुको घरमा बस्दै आउनुभएको छ ।

पहिरोमा पुरिएर उहाँकी वृद्ध आमा खगिसराको ज्यान गएको थियो । “अहिले पनि पानी प¥यो भने रातभर जाग्रम बस्छौँ, कसैका घर पनि सुरक्षित छैनन्” सिँजालीमगरले भन्नुभयो । भिषण वर्षा र पहिरोले चर्काएका घर पानी पर्नासाथ भत्कन सक्ने उहाँको चिन्ता छ ।

पहिरोका कारण उहाँसहित अन्य दुई परिवारको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । स्थानीय मोहन राम्जाली र मनबहादुर सिँजालीमगर घर नभएपछि अहिले छिमेकीकोमा आश्रित हुनुहुन्छ । पहिरोले निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा पनि क्षति पु¥याएको छ । सो वडाका बस्ती पनि उच्च जोखिममा रहेको बताइएको छ ।

वर्षेनी पहिरोको त्रास व्यहोर्दै आएका हुल्दीबासीले सरकारसँग सुरक्षित आवाससहित सिंगो गाउँलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् । आफ्ना गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउन गाउँलेले लालबहादुर सिँजालीमगरको संयोजकत्वमा पहिरो पीडित समिति पनि गठन गरेका छन् । वर्षौंदेखिको समस्या समाधानका लागि राज्यपक्ष जिम्मेवार नभएकामा अझैसम्म गाउँबासी आक्रोशित छन् ।

“वर्षेनी यो समस्या बल्झिन्छ, यसको दीर्घकालीन समाधान निकाल्नुपर्छ” स्थानीय डम्बर बुढाले भन्नुभयो “पूरै गाउँ पहिरोले क्षतविक्षत छ ।” अघिल्ला वर्षको तुलनामा यसवर्ष ठूला पहिरो खस्न थालेकाले समस्या झन् गहिरिएको हो । मृतु भएकाका परिवर र घर पूर्ण क्षति भएकाले केही राहत पाए पनि अन्य परिवारले भने राहत पाउन सकेका छैनन् । पुनःस्थापनाको माग गरेका उनीहरुले कसैले समस्याको सुनुवाइ नगरेको बताएका छन् । गैरसरकारी क्षेत्रबाट आउने राहत पनि यस दुर्गम लेक बस्तीमा आउन नसकेको उनीहरुको गुनासो छ ।

स्थानीय जनप्रतिनिधिले पनि गाउँलेको पुनःस्थापनाका लागि कुनै कदम नचालेको प्रभावितले आरोप लगाएका छन् । वडा नं १ का वडाध्यक्ष इन्द्र मल्लले गाउँपालिकामार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिमा पुनःस्थापनाका लागि माग सहितको ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गाउँलाई नयाँ सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले पुनःस्थापनाका लागि प्राविधिक अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप र जिल्ला भू–संरक्षण कार्यालयले प्राविधिक अध्ययन गरेपछि काम अघि बढ्ने उहाँले बताउनुभयो । “बस्ती नयाँ ठाउँमा बसाउनुपर्ने अवस्था छ, प्राविधिक अध्ययन प्रतिवेदन आएपछि केन्द्रसँग समन्वय गरेर अघि बढ्छौँ” सहायक प्रजिअ गिरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

Eurovision Song Contest Updates Rules, Barring Countries at War From Hosting

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

Europe Braces for Intense Heatwave Affecting Over 135 Million

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu