ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदूत नियुक्ति प्रक्रियामा सरकारको अपरिपक्वता


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । विदेशस्थित नियोगहरूमा लामो समय देशको प्रतिनिधित्व नहुँदा राज्यकै साख गिर्छ । राजदूतसम्म बेलामा नियुक्त नगर्ने मुलुक र त्यहाँको सरकारलाई सामान्यतः कसैले पनि गम्भीररूपमा लिँदैन । कूटनीतिक अभ्यासमा त लामो समय राजदूत पद रिक्त राख्नुलाई असन्तुष्टि प्रदर्शनसमेत मान्ने गरिन्छ । अहिले २१ देशमा राजदूत नियुक्त गर्नु पर्नेछ भने कतिपय विदेशस्थित केही नियोगहरूमा राजदूत नभएको ९ महिनाभन्दा बढी भइसकेको छ ।

नेपालमा भागबन्डामा राजदूत नियुक्तिको अभ्यास सुरु गरिएपछि नै कूटनीतिक अभ्यास विकृत बन्दैगएको थियो । २०८२ भदौको जेन(जी विद्रोहपछि गठित सरकारले केही देशमा नियुक्त राजदूत फिर्ता बोलाएको थियो । निर्वाचनपछि गठित सरकारले अधिकांश देशबाट राजदूत फिर्ता बोलायो । राजनीतिक संक्रमणका कारण त्यतिसम्मले खासै नोक्सान बनाएको थिएन।

निर्वाचनपछि स्पष्ट बहुमतको सरकार गठन भएकाले राजदूत पदमा भागबन्डा गर्नुपर्ने राजनीतिक बाध्यता पनि रहेन । यसैले नयाँ सरकारले कम्तीमा कूटनीतिक क्षेत्रमा देशको छवि सुधार गर्ने अपेक्षा धेरैले गरेका थिए । विडम्बना, नयाँ सरकारले राजदूतहरू फिर्ता बोलाएपछि नियुक्ति पनि गर्नुपर्छ भने नै नठानेजस्तो देखियो।

देशको प्रतिनिधित्व गर्न सक्षम योग्य, इमानदार र प्राज्ञिक छवि भएका व्यक्ति छानेर नियुक्ति गर्ने स्थापित मान्यताअनुसार राजदूत पठाउन सरकारलाई कसैको अंकुश थिएन । तर, कुन प्रयोजनले हो कुन्नि परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि रिक्रुट छान्न झैँ दर्खास्त माग्ने अपरिपक्वता देखायो । दर्खास्त माग गर्ने प्रक्रियाबाट स्वाभिमानी उच्च नैतिकता भएका व्यक्तिहरू नियुक्त हुने सम्भावना कम भयो।

एकातिर दर्खास्त मागेको करिब ३ महिना पुग्न लाग्दासम्म पनि राजदूत नियुक्तिको सुरुसार देखिएको छैन । अर्कातिर खुला दर्खास्त मागेर जाँच लिएर राजदूत छान्ने लहड बिस्तारै ‘पान्डोराको बाकस’मा बदलिँदै गएको देखियो । पछिल्ला दिनमा सरकारी अधिकारीहरू राजदूतमा निवेदन दिनेहरू नै नियुक्त हुन्छन् वा निवेदन नदिनेहरू हुँदैनन् भन्नेछैन भन्न थालेका छन्।

अर्थात्, परराष्ट्र मन्त्रालयमा परेका ४ हजार निवेदक र तिनीहरूमध्येका पनि छनोटमा परेका २७ सय जनालाई सरकारले बिरालाले मुसा खेलाएजसरी खेलायो । कुनै प्रक्रिया थालेर टुंगोमा नपुर्याउनु वा पारदर्शी र उचित कारण नदेखाई खारेज गर्नु सरकारको अपरिपक्वतामात्र नभएर प्रशासनिक गैरजिम्मेवारी पनि हो ।

यस्तै व्यवहारका कारण अहिलेको सरकारलाई ‘उरन्ठेउलो’, ‘आलोकाँचो’ भन्नेहरूको सङ्ख्या र हिम्मत बढेको हो । राज्यको साख गिर्दा सत्तारुढ दल वा प्रधानमन्त्री, मन्त्रीको मात्रै साख गिर्ने होइन । सरकारको यस्तो व्यवहारले अन्तर्राष्ट्रिय जगत्मा सिङ्गो मुलुककै विश्वसनीयता कमजोर हुन्छ । एकपटक गुमेको साख फर्काउन निकै कठिन र समय लाग्ने हुन्छ।

यसैले सरकार तत्काल गम्भीर बनोस् र राजदूत नियुक्तिका निम्ति निवेदन माग्नु गलत प्रक्रिया भएको स्वीकार गरी इमानदार र योग्य व्यक्तिहरू छानेर तत्काल नियुक्ति प्रक्रिया अगाडि बढाओस् । छनोटलाई पारदर्शी र विश्वसनीय बनाउने चाहना भए पाका पूर्वकूटनीतिज्ञहरूको सल्लाहमा सूची तयार गरे हुन्छ । गलत अभ्यास र अकर्मण्यता दुवैले भलो गर्दैन।

कूटनीतिक छवि

लामो समयसम्म राजदूत नियुक्त नगर्दा मुलुकको कूटनीतिक छवि कमजोर हुने सम्भावना रहेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता घट्न सक्ने जानकारहरू बताउँछन् ।

निवेदकहरूको अवस्था

परराष्ट्र मन्त्रालयमा परेका ४ हजार निवेदक मध्येबाट २७ सय जनालाई छनोट गरिएको थियो, तर सरकारले कुनै टुंगो ल्याउन सकेको छैन । यसले गर्दा निवेदकहरू निरास भएका छन् र सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न गएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu