ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोडामा बिझेको काँडा , हातमा समातेको काँडाले मात्र निकाल्न सकिन्छ – बरिष्ठ नेता राई


एबीसी न्यूज
१० कार्तिक २०७५, शनिबार   ९ : १९   बजे


ब्रसेल्स बेल्जियम, १० कात्तिक । संबिधानमा धेरै संबैधानिक त्रुटीहरू भेटिएको कारण सरकार आफै छिट्नै संशोधनमा लाग्ने कुरा संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईले बताएका छन् ।

विदेश स्थित भातृ संगठन संघीय फोरम बेल्जियमले शुक्रवार लुभेन शहरमा आयोजना गरेको नेपालको संबिधान संशोधन र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता राईले उक्त कुरा बताएका हुन् ।

फोरमको प्रमुख माग भनेकै संविधान संशोधन रहेको बताउदै सर्वोच्चो अदालत प्रधानन्यायधीस नियुक्ति प्रकरण , उपनिर्बाचनको व्यवस्थाका बारेमा पाईएको त्रुटीहरूका कारण सरकारलाई नै निकट भविष्यमा आउन सक्ने बाधा –अड्चन हटाउन संशोधन बाध्यात्मक बनेको नेता राईले बताए ।

पार्टीको एजेण्डा त्यागेर सत्तामा गएको कार्यकर्ताहरूको आरोपबारे घुमाउरो पारामा उत्तर दिदै गोडामा बिझेको काडा , हातमा समातेको अर्को काँडाले मात्र निकाल्न सकिने उनले बताए । पंचायतकालमा १४ अंञ्चल थियो, अहिले ७ अंञ्चल जस्तो संघियता बनेको छ त्यो पनि प्रशासनिक एकाई जस्तो मात्रै रहको उनल आरोप लगाए ।

फोरम नेता राईले भने संबिधानको प्रारम्भमै स्वीकारिएको बहुभाषिक, धार्मिक, सांस्कृतिक, जातिय ,क्षेत्रीय विविधतालाई उपयूक्त माध्यमबाट मानब भूगोलको सिद्धान्तमा उभिएर संघियतालाई संबिधानमा ब्यबस्थापन गरिनु पर्छ। संघीय र प्रदेश सरकार बीच धेरै कुरामा अन्योलता रहेको उल्लेख गर्दै बरिष्ठ नेता राईले प्रश्न गरे ६५ अर्ब रुपैया बजेट रहेको प्रदेश २ मा ५ हजार बढी कर्मचारी चाहिन्छ जबकी अहिले २५० सरकारी कर्मचारी कार्यरत छन् । प्रदेशलाई कर्मचारी भर्ना गर्न नदिने केन्द्र आफुले पनि नियुक्ति नगर्ने अनि कसरी प्रदेश सरकार चल्न नसक्ने उनले बताए ।

नेता राई फोरमको बेलायत, पोर्चुगल ,फ्रान्सको कार्यक्रममा सहभागी हुदै बेल्जियम आएका थिए । संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगरको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा फोरम केन्द्रीय महिला ईन्चार्ज सुशिला श्रेष्ठ, केन्द्रीय सदस्य पिजी शेर्पा ,गैर आबासीय नेपाली संघ केन्द्रीय सचिब जानकी गुरुङ, जनसम्पर्क समिति युरोपका महामन्त्री गंघाधर गौतम , बेल्जियम बिद्रोही सभापति सुबास गुरुङ लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन गजेन्द्र गुरुङ्ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group