काठमाडाैँ, १० कार्तिक । भक्तपुरमा शनिबार अवैध लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा एक युवती पक्राउ परेकी छन् ।
सिन्धुली घ्याङलेक गाउँपालिका-३, तामाजोर घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका-६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवालाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट पोल्यान्ड भनिने गाँजा ३० ग्राम, ८२ पोका अर्थात् २ किलो ४६० ग्रामगाँजा तथा गाँजा पोका पार्न राखिएको प्लाष्टिक १ किलो ७ सय ग्राम बरामद भएको भक्तपुर प्रहरीले जनाएको छ।
वाइवाविरुद्ध अनुसन्धान गरी कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण नायब प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्