काठमाडौं १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गर्न लागेको चियापान कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नजाने भएका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने भएका हुन् ।
नेकपाले दशैँ, तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । उनले आफूलाई नेकपाले एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको बताएका छन् ।
ट्वीटरमार्फत् डा.भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद ! तपाईहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ।
गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! चियापानमा कलाकारसहित ५० हजारलाई निम्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्