ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा पर्यटकको लर्को


admin
२८ भदौ २०७४, बुधबार   १० : २६   बजे
 मनाङ, २८ भदौ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् ।

गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो ।

हिमाल पारीको जिल्ला मनाङ अहिले कुनै विदेशी मुलुकजस्तै देखिन थालेको छ । लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल – धारापानी– चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्ने गर्दछन् ।

यहाँ पर्यटन व्यवसायीले पर्यटकलाई कुनै पनि असुविधा नहोस् भनी सुविधासम्पन्न होटल निर्माण गरेका छन् जहाँ खानबस्नको राम्रो सुविधाका साथै पिउने पानी, चर्पी र बाथरुम व्यवस्थित छ । २४ सैँ घण्टा तातो र चिसो पानीको व्यवस्थाका साथै हाइअल्टीच्युड (लेक लाग्ने)का लागि प्राथमिक उपचारका सामान प्रत्येक होटलमा राखिएको छ ।

यहाँ आउने पर्यटक विशेष गरेर थोराङ पास, लार्के पास, र कांला पासका साथ साथै विश्वकै अग्लो स्थानमा रहेको तिलीचो तालको अवलोकनका लागि आउने गरेका छन् ।

त्यस्तै, यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमश्रृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गंगापूणर््ा, जूलू पीक, पिसाङ पिक, निलगिरि र तिलिचो पिकजस्ता हिमाललाई नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायी गुरुप्रसाद गुरुङले बताउनुभयो ।

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई जोड दिने उद्देश्यले यहाँको कला संस्कृति, रीतिरिवाज, वेशभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन गरिएको छ ।

सूचना सञ्चारको विकासलाई ध्यान दिई मनाङको पर्यटन प्रवद्र्घनका लागि देश तथा विदेशमा प्रचारप्रसारमा जोड दिइएको जिल्ला पर्यटन विकास समिति, मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu