ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएन जापानका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी समहाल्दै


admin
२८ भदौ २०७४, बुधबार   १२ : ४०   बजे

टोकियो (जापान), २८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी पाएका छन् ।
नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् ।

सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पाउन नसकेका पदाधिकारीले पद तथा गोपनीयताको शपथसँगै जिम्मेवारी सम्हालेका छन् ।

जिम्मेवारी सम्हाल्ने नयाँ कार्यसमतिको अध्यक्षमा टासी वाङ्दी लामा रहेका छन् । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष पदमा क्रमशः देवीलाल भण्डारी, शिवप्रसाद पौडेल, सरोजकुमार खत्री र अनिता गुरुङ रहेका छन् । उनीहरुमध्ये पौडेल र खत्री निर्वाचनबाट र भण्डारी र गुरुङ सहमतिमा चयन भएका थिए ।

त्यस्तै, कोषाध्यक्ष, महासचिव र सचिवमा क्रमशः अनिता लामा, बुद्धिराज घिमिरे र जनकविक्रम शाही रहेका छन् । शाही निर्वाचित र सहकोषाध्यक्षका रामबहादुर थापा एकल उम्मेदवारीबाट चुनिएका हुन् । यसैगरी, सदस्यमा बालकृष्ण कँडेल, लालबहादुर रावल, नारायण खड्का, राजनकुमार पौडेल र महिला सदस्यमा सिर्जना पाण्डे विजयी भएका छन् । सदस्य पाँचैजना निर्वाचन प्रक्रियाबाट आएका हुन् । लामा नेतृत्वका पदाधिकारीलाई निर्वतमान अध्यक्ष सुदन थापाले सोमबार जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि सहमतिमा निर्विरोध चयन हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu