चौतारा, १३ कार्तिक । सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो ।
नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । शिविर उद्घाटनमा बोल्दै मेयर तामाङले मानव जीवनको पहिलो शर्त नै स्वस्थ जीवन रहेको बताए । उनले भने, ‘आफू रहे संसार रहन्छ । संसार रहे मात्र सम्पत्ति, परिवार र साथीभाइ रहन्छन् । त्यसैले आफू रहनका लागि पहिलो पाइला भनेकै स्वास्थ्य हो, त्यसैले शिविरको आयोजना गरेका हौं ।’
शिविरमा नगर उपप्रमुख जानुका पराजुलीले महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरेको बताइन् । पराजुलीले भनिन्, ‘हामीकहाँ अहिले पनि रोगले च्यापेपछि मात्र अस्पताल जाने चलन छ । ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण आवश्यक ठानेर शिविरको आयोजना गरेका हौं ।
शिविरकाे पहिलाे दिन ३०० जनाले स्वास्थ्य परिक्षण गरायका थिए । परिक्षणमा ३ जनालाई पाठेघरमा क्यान्सरकाे शंका देखिएकाे । १५० जनाकाे पाठेघरमा संक्रमण देखिएकाे । ७ जनाकाे पाठेघरमा मासु पलाएकाे ।
६ जनाकाे अाङ खसेकाे । २ जनाकाे स्तनमा गाँठा पलाएकाे । २ जनाकाे मुख तथा ग्रन्थीमा क्यान्सरकाे शंका देखिएकाे थियाे । साथै क्यान्सर सम्बन्धि सतेचना कार्यक्रम संगै क्यान्सर राेकथाम बिशेषज्ञ डा. किशाेर कुमार प्रधानाङ्गले महिला स्वयंसेविकाहरूलाई स्तन क्यान्सर प्ररिक्षण सम्बन्धि प्रशिक्षण दिनुभएकाे थियाे ।
पराजुलीले शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । ‘शिविरको समन्वय गरी दिएकोमा थाहा फाउण्डेशन पोखरालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उपमेयर पराजुलीले भनिन्, ‘प्राविधिक सहयोग र जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र बीपी कोइराला क्यान्सर अस्पतालप्रति आभार प्रकट गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्