काठमाडौं, १३ कार्तिक । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको गाडीको विषयलाई लिएर चासो व्यक्त गरेकी छन् । उनले यस परियोजनाका गाडी अन्यत्र प्रयोग भइरहेकाले तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन समेत दिएकी छन् ।
मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भैरहेको जानकारी प्राप्त भएपछि मन्त्री मगरले बाहिर प्रयोग गरिएका गाडी तत्काल फिर्ता ल्याउन समितिलाई निर्देशन दिएकी हुन् ।
समितिका अन्सार, मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् ।
प्रतिक्रिया दिनुहोस्