ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे


admin
१४ कार्तिक २०७५, बुधबार   १ : ००   बजे

चितवन, १४ कात्तिक ।  मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।

सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ ।

उहाँका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो ।

अघिल्लो आव २०७३-०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ ।

मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय जगत्मा मनकामनामाईको महिमा बढ्दै गएकाले नेपालमा हवाई र सवारी साधनबाट भित्रने पर्यटकले एउटा गन्तव्य मनकामना राख्ने गरेको उहाँले बताउनुभयो ।

भारतबाट सवारी साधनमा काठमाडौँ, पोखरा, लुम्बिनी, सौराहलगायतका ठाउँको भ्रमण गर्न आउने अधिकांश धार्मिक पर्यटक बाटोसमेत पर्ने भएकाले मनकामना छिर्ने गर्दछन् । श्रेष्ठले वर्षात्को समयमा भारतीय पर्यटकले केबुलकार धान्ने गरेको बताउनुभयो ।

भारतको कोलकाताबाट ठूला दुई बसमा नेपालको विभिन्न स्थानको भ्रमणमा आएका पर्यटकमध्येका एक रतन पैनले तीन पहाड पार गरेर मनकामना माईको दर्शन गर्न पाइने सुनेर दर्शनका लागि यहाँ आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनकामना दर्शन पछि आफ्नो मनकामना पूरा हुन्छ भनेर हामी आएका हौँ । रमाइलो र आनन्द भयो ।” मनकामना दर्शनपछि फर्कदै गर्नुभएका भारत गुजरातका सुनिलकुमार पट्टेलले आफूले सुनेभन्दा राम्रो र रमाइलो लागेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएपछि नेपालका धार्मिक स्थलमा घुम्न आउनेको भारतीयको सङ्ख्या बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ भारतीय पर्यटकले मनकामना दर्शन गर्ने गरेका छन् । सँगै केबुलकार यात्राबाट रमणीय दृष्यावलोकन गर्न पाउने भएपछि पर्यटक लोभिने गरेका छन् ।

विसं २०५५ साल मङ्सिर ८ गतेबाट सेवा शुरु गरेको मनकामना दर्शन प्रालिले हालसम्म एक करोड ४३ लाख १२ हजार ४८६ यात्रुलाई मनकामना दर्शनका लागि यात्रा गराएको छ । जम्मा ३१ वटा डिब्बा सञ्चालन गर्दै आएको प्रालिले यात्रुको चाप बढ्दै गएपछि तीनवटा डिब्बा थप गरेको छ । दैनिक नौ हजारसम्म यात्रुलाई सेवा दिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group