ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गम जिल्लामा नूनको मौज्दात पर्याप्त छ : साल्ट ट्रेडिङ


admin
१४ कार्तिक २०७५, बुधबार   ५ : ०५   बजे

काठमाडौं, १४ कात्तिक । देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५-७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस वर्ष नेपालमा तिब्बतबाट एक हजार ४०० क्विन्टल नून आयात भएको छ । यसरी आयात भएको नून कर्पोरेशनले हुम्लाको हिल्सा नाकामा आयोडिन मिसाएर बजारमा पठाउने गर्दै आएको छ ।

साल्ट टे«डिङ कर्पोरेशनले अधिराज्यको १७ जिल्लाका ५३ स्थानमा सहुलियत दरमा नूनको ढुवानी गर्दै आएको छ । साल्ट टे«डिङ आफैँले नूनको प्रत्येक पुडियामा रु छ अनुदान दिँदै बिक्री गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ढुवानी खर्च अनुदानको रुपमा नेपाल सरकारले ब्यहोर्दै आएको झाले जानकारी दिनुभयो ।

उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनले जहिले पनि छ महीनाका लागि आवश्यक नूनको मौज्दात राख्ने गरेको बताउँदै त्यस कारण देशभरि नै नूनको समस्या नभएको उल्लेख गर्नुभयो ।

साल्ट ट्रेडिङले आयोनून, शक्ति नून, तेज नून, भानु नूनको बिक्री वितरण गर्दै आएको छ । शहरी क्षेत्रमा आयो नून तथा तराईमा शक्ति र तेज नून तथा दुर्गम क्षेत्रमा भानु नून पठाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group