ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले टिमुरे भन्सार डुबायो : १४ कर्मचारी सम्पर्कविहीन, २५० कन्टेनर बगेको अनुमान


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ४५   बजे

काठमाडौं । रसुवा जिल्लाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले रसुवा भन्सार कार्यालय र आसपासको व्यापारिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने यार्डमा रहेका करिब २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगेको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सार कार्यालयमा कार्यरत ११ जना स्थायी र तीन जना करार कर्मचारीसँग बुधबार बिहानदेखि सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायहरूले प्रयास जारी राखेका छन्।

यद्यपि, प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित अन्य २५ जना कर्मचारीसँग भने सम्पर्क स्थापित भएको बताइएको छ। कार्यालयका केही करार तथा ज्यालादारी कर्मचारीसमेत सुरक्षित सम्पर्कमा आएको जनाइएको छ।

२५० सम्म कन्टेनर बगेको अनुमान

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीपछि प्रारम्भिक क्षति मूल्याङ्कन गर्दा टिमुरे भन्सार यार्डमा रहेका २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगेको अनुमान गरिएको छ।

‘बाढीपछिको क्षति अनुमान गर्न हाम्रो संघको बैठक बसेका थियौँ,’ कार्कीले भने, ‘त्यसअनुसार २५० वटासम्म मालवाहक कन्टेनर बगेको अनुमान छ।’

बाढीले कन्टेनर मात्र नभई नेपाल–चीन व्यापारसँग जोडिएको सम्पूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको अनुमान गरिएको छ। यार्ड, सडक, भन्सार संरचना तथा व्यापारिक सामग्रीको वास्तविक क्षति भने घटनास्थलमा पुगेर विस्तृत मूल्याङ्कन गरेपछि मात्रै यकिन हुने बताइएको छ।

८० जना व्यवसायी, चालक र सहचालकको विवरण संकलन

सीमापार वाणिज्य संघले बाढीपछि सम्पर्कविहीन भएका व्यवसायी, चालक, सहचालक तथा अन्य व्यक्तिहरूको विवरण संकलन गर्न थालेको छ। अध्यक्ष कार्कीका अनुसार हालसम्म करिब ८० जनाको नाम सम्पर्कविहीनको सूचीमा टिपोट गरिएको छ।

तीमध्ये धेरैजसो स्थानीयबाहिरका व्यवसायी तथा यातायात क्षेत्रमा कार्यरत व्यक्ति रहेको बताइएको छ। हराइरहेका सबै व्यक्तिको अवस्था र वास्तविक संख्या भने अझै यकिन भइसकेको छैन।

कार्कीका अनुसार बाढीबाट जोगिएर विभिन्न सुरक्षित स्थानमा बसेका करिब ६० देखि ७० जनासँग सम्पर्क स्थापित भएको छ। तर, सञ्चार सम्पर्क र सडक पहुँचमा समस्या रहेकाले अझै धेरै व्यक्तिको अवस्थाबारे स्पष्ट जानकारी आउन बाँकी छ।

भन्सारको कामकाज ठप्प, खोज तथा उद्धार जारी

भोटेकोशी नदीमा आएको अस्वाभाविक र तीव्र बाढीले टिमुरे क्षेत्र तहसनहस भएपछि रसुवा भन्सार कार्यालयको नियमित कामकाज पूर्ण रूपमा प्रभावित भएको छ। बाढीले कार्यालय परिसर, यार्ड तथा आसपासका संरचनामा कति क्षति पुर्‍यायो भन्ने विवरण संकलन भइरहेको छ।

सम्पर्कविहीन कर्मचारी तथा अन्य व्यक्तिको खोजीका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन र उद्धार टोली परिचालन गरिएको छ। बाढीले सडक र सञ्चार संरचनासमेत क्षतिग्रस्त बनाएकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

टिमुरे र रसुवागढी क्षेत्र नेपाल–चीनबीचको प्रमुख व्यापारिक प्रवेशद्वार भएकाले यस क्षेत्रमा भएको विनाशले मानवीय क्षतिसँगै दुई देशबीचको स्थलमार्ग व्यापार, आयात–निर्यात, भन्सार राजस्व र आपूर्ति प्रणालीमा समेत गम्भीर असर पर्ने देखिएको छ।

बाढीपछि सम्पर्कविहीन कर्मचारी, व्यवसायी, चालक र सहचालकहरूको वास्तविक अवस्था तथा मृत्यु, घाइते र बेपत्ताको आधिकारिक विवरण आउन बाँकी रहेकाले क्षतिको तथ्यांक अझै बढ्न सक्ने सम्भावना छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बाढीपछि पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक बन्द

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसीमा बाढीपछि पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक बन्द

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

प्रहरी सुरक्षित भए मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षा दिन सकिन्छ : आईजीपी कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu