गुल्मी, १५ कात्तिक । गुल्मीमा तीन छात्राले विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका – १० को भगवती माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययन गर्ने तीन छात्राले विष सेवन गरेका हुन ।
विष सेवन गर्नेमा १६ वर्षीया समीक्षा थापा, सपना थापा र पार्वती केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।
मुसाको विष बोतलमा घोलेर सुरुमा समीक्षाले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए ।
बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनीहरूले साढे नौ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ ।
तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटक–पटक तनाव दिएपछि विष सेवन गरेको समीक्षाले बताइन् ।
प्रतिक्रिया दिनुहोस्