ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा क्षेत्र अनुगमन


admin
१५ कार्तिक २०७५, बिहिबार   १ : २१   बजे

पाँचथर, १५ कात्तिक ।  पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।

अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो ।

सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको पालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाउनुभयो । अनुगमन टोली हालै सीमा क्षेत्र पुगेर अनुगमन गरिएको सांसद नेम्बाङले जानकारी दिनुभयो । नेपाल–भारत सीमा क्षेत्र ४७ नं सीमा स्तम्भआसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सिक्कीम प्रदेशका एसआरपी र नेपालका अनुगमन टोलीबीच बैठक बसी विभिन्न सहमति भएको नेम्बाङले जानकारी दिनुभयो ।

बैठकमा पाँचथरतर्फ सुरक्षापोष्ट राख्न चित्रे, वासुम डाँडालगायत सुविधायुक्त दुई ठाउँ छनौट गर्न पालिका अध्यक्षलाई जिम्मा दिइएको जिससप्रमुख सापकोटाले बताउनुभयो । अनुगमनका क्रममा पाँचथरका अनुगमन टोली र सिक्कीम प्रदेश सुरक्षाप्रमुख लक्ष्मण गुरुङसहितको सुरक्षाबीच बैठक बसेको थियो ।

बैठकमा सिक्किम र पाँचथर जोड्ने सिमानाका चिवाभञ्जाङसम्म सडक निर्माण भइरहेका बारे सिक्किम सुरक्षाप्रमुख गुरुङले आफ्नो प्रस्तुति गर्नुभएको थियो । पाँचथरका तर्फबाट निकट भविष्यमा नै नाका खोल्न दुवै देशमा पहल गरिने सांसद नेम्वाङले बताउनुभयो ।

अनुगमनपछि सांसद नेम्बाङले सांसदको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय तहसँग सहकार्य गरी पर्यटक अतिथि भवनको सम्भाव्यताअवलोकन गर्ने बताउनुभयो । पाँचथर, ताप्लेजुङ, सयुक्तरुपमा सङ्घ र प्रदेश सांसदको उपस्थितिमा भारत र नेपाल दुवै देशलाई फाइदा हुने गरी नाका खोलिने समेत पहल शुरु भएको समेत उहाँले बताउनुभयो ।

सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group