ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो


admin
१९ कार्तिक २०७५, सोमबार   १० : ५४   बजे

पोखरा, १९ कात्तिक । समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ ।

आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल समाजका ७७ जना बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्दै आएको बालगृहका सञ्चालक गोमा ढकालले बताउनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा सञ्चालित बालगृहमा ४० बालबालिका आवासीय रुपमा रहेको र ३७ जनालाई परिवारसँगै राखेर पठनपाठनमा सहयोग गर्दै आएको छ ।

संस्था सञ्चालनको पहिलो अवस्थामा निकै कठिनाइ आएको भए पनि पछिल्लो समय सबै क्षेत्रको उल्लेख्य सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

समाजका असहाय बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्व स्नेह प्रदान गरेको सो बालगृह पछिल्लो समय सबैका लागि अनुकरणीय एवं समाजप्रति उत्तरदायी बनेको हो ।

आफूले जन्माएका सन्तानको समेत ध्यान पु¥याउन नसकेको हाम्रो समाजमा विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका ७५ जना बालबालिकाको अभिभावक बन्न पाउँदा आफूलाई गर्व लागेको सञ्चालक ढकालको धारणा छ ।

बालगृहमा हाल कास्की, तनहुँ, गोरखा, सोलुखुम्वु, सिन्धुुपाल्चोक, कालीकोट, दाङलगायत विभिन्न जिल्लाका बालबालिका आबद्ध रहेको बालगृह सञ्चालनमा स्वदेशी तथा विदेशी दाताको आर्थिक सहयोगबाट निरन्तरता पाएको सञ्चालक ढकालले जानकारी दिनुभयो ।

बालगृह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणमा वार्षिक रु ९० लाखभन्दा बढी खर्च हुने गरेको छ ।

उहाँका अनुसार जर्मनको भिपी फाउण्डेशनलगायत अष्ट्रेलिया, अमेरिका, फ्रान्स, इटालीलगायतका विभिन्न देशका व्यक्तिको बालगृहलाई सहयोग रहँदै आएको छ । संस्थामा जम्मा कूल रकमको पाँच प्रतिशत रकम सङ्कलन गरेर पोखरा २४ स्थित पामेमा बालगृहले खरीद गरेको लगभग छ रोपनी जग्गामा रेन्बो कृषि फर्म सञ्चालन गर्ने योजना रहेको बालगृह सञ्चालक समितिका सचिव इन्दिरा लामिछानेले जानकारी दिनुभयो ।

“बागगृहमा आबद्ध बालबालिकालाई कृषि व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । उक्त जग्गामा हाल धान रोप्नुको साथै ताजा तरकारीसमेत उत्पादन गर्दै आएको उहाँले राससलाई जानकारी दिनुभयो ।

समाजका बेसहारा बालबालिकाको अभिभाकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याङ्कनको आधारमा सरकारीस्तरबाट समेत उचित सहयोग हुनु अपरिहार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu