ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत


एबीसी न्यूज
२० कार्तिक २०७५, मंगलबार   ६ : २२   बजे
काठमाडौं, २० कातिक  । काठमाडौँ चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ ।
चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । करीब दुई महीना अघि घोषणा गरिएको सो पुरस्कार साङ्सी प्रान्तको सियान शहरमा मङ्गलबार आयोजित एक समारोहमा उक्त प्रान्तका गभर्नर लु जियानले हस्तान्तरण गर्नुभएको डा झाले जानकारी दिनुभयो ।
उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० जना युवा वैज्ञानिक र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् । चीनको ऐतिहासिक शहर सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले प्रतिष्पर्धाका आधारमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गर्दछ । उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशिसहितको छ ।
सन् २००९ देखि प्रत्येक दुई वर्षमा सियान सरकारले प्रदान गर्दै आएको सो पुरस्कार प्राप्त गर्ने डा झा पहिलो नेपाली हुनुहुन्छ । सियानमा रहेका विदेशी प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका करीब १० हजार व्यक्तित्वमध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको प्राध्यापक झाले जानकारी दिनुभयो ।
पित्तथैलीको क्यान्सरको फैलावटको दरलाई कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधि पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झाको नाममा सियान प्रान्तीय सरकारले चार वर्षअघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा स्थापना गरेको छ । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करीब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ । चीनका विभिन्न विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ समेत रहेका प्रा डा झालाई साङ्सी प्रान्तले चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महीना अघि नागरिक दूत नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group