ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे चार लाख नगद सहित २३ जुवाडे चितवन प्रहरीको फन्दामा, मुद्दा चलाउने तयारी


एबीसी न्यूज
२३ कार्तिक २०७५, शुक्रबार   ६ : ५२   बजे
चितवन , २३  कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा जिल्लाकाे विभिन्न स्थानबाट साढे चार लाख सहित २३ जुवाडे लाई बिहवार बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा  बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो ।
 उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । त्यस्तै, सोही समयमा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका १५ फुलवारी स्थित कमल पोखरीबाट कौडा खेलिरहेका ४ जनालाई समेत पक्राउ गरेकोे छ ।
उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ नगद समेत बरामद गरेको एसपी राठौरले बताउनुभयो । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको राठौरको थप भनाइ थियो ।
एसपी राठौरले चितवनमा जिम्मेवारी सम्हाले संगै जेठ ४ गतेदेखि जिल्लालाई शान्त, सुरक्षित र भयरहित समाजको परिकल्पा गर्ने उद्देश्यका साथ थ्रीएस अप्रेसनको सुरुवात गरिएको थियो । जुन उदेश्य अन्तर्गत जुवा पनि एक थियो । पछिल्लो समय जिल्लामा जुवा अखडामाथि चितवन प्रहरी आक्रमक हुन थालेपछि लुकिछिपी जुवा खेल हुने गरेको थियो ।
जहाँ प्रहरी चनाखो हुँदा र सुरक्षामा कडाइ गर्दा जुवाडेहरु भटाभट नियन्त्रणमा आउन थालेको छ । जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले पटकपटक अनुरोध गर्दै  आएपनि जुवाडेको जुवा खेल्ने कुलत अझै संघर्षरत नै छ ।
साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत चितवन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu