ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिँचाइ आयोजनाबाट १८० घरधुरी लाभान्वित


admin
२४ कार्तिक २०७५, शनिबार   ११ : ०९   बजे

 

 

बेझाड, २४ कात्तिक ।  डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहँुदा त्यसैखेर गएका, बाँझिएका जमीन अहिले सदुपयोगमा आएको छ ।

सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा डमरा–भोटाहा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई ठूलो राहत पुगेको छ । पाल्पा र नवलपुरको सिमानामा पर्ने बौदीखोलाको पानीबाट डमरा भोटाहा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो ।

बाँझिएका जमीनमा सिँचाइ आयोजना सञ्चालनमा आएपछि कृषकले अहिले अन्नबाली, तरकारीबाली लगाउन थालेका छन् । बाकाखोलादेखि भोटाहाको हजारफाँटसम्मको पुरानो कुलोमा सिँचाइ आयोजनामार्फत बौदीखोलाको पानी मिसाइ केही स्थानमा मर्मतसम्भार गरेसँगै ८० हेक्टर जमीनमा बाह्रै महीना सिँचित हुँदै आएको छ । यही कुलोबाट डमराको माथिल्लो भागदेखि भोटाहासम्म सिँचाइ हुँदै आएको छ ।

यस सिँचाइ आयोजनाबाट डमरा र भोटाहाका ८० घरपरिवार, अर्मलाङ, पुर्वमलाङ्ग, राहुवन, राईका र नवलपुर रकुवाका १०० गरी जम्मा १८० घरपरिवारमा प्रत्यक्ष सुविधा पुगेको डमरा–भोटाहा सिँचाइ आयोजनाका अध्यक्ष कुलबहादुर राना बताउनुहुन्छ ।

सिँचाइ आयोजनाबाट कुलोमा नियमित पानी आउन थालेपछि कृषकले कृषि उत्पादन बढाउदै गएका छन् । सिँचाइ नहुँदा जीवनगुजारा चलाउन निकै समस्या भोगेका यहाँका कृषकलाई अहिले आफ्नै बाँझिएका जग्गामा सिँचाइ पर्याप्त पुगेपछि हरियाली कृषिबाली लगाएर आम्दानीको स्रोत बढाउन थालेको स्थानीयवासी चेतन पुलामीले बताउनुभयो ।

खेतीयोग्य जमीन सिँचाइ अभावले बाँझिएर सुख्खाटारका रूपमा परिणत भएको जग्गालाई पुनः हरियाली देख्न पाउँदा निकै रमाइलो लागेको कृषक कृष्णप्रसाद थापा बताउनुहुन्छ । “पहिला पानी नभएपछि खेती गर्न छाडियो, अहिले कुलोमा नियमित पानी आइरहन्छ, खेतीपाती गर्न साह्रै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

विसं २०६५ मा बौदीखोलादेखि बाकाखोलासम्म नयाँ कुलो निर्माण शुरु गरिएको हो । नौ किलोमिटर लम्बाइ रहेको कुलो सरकार र स्थानीयवासीको रु दुई करोड ६० लाख लागतमा निर्माण सम्पन्न भएको छ । पुरानो कुलोलाई पनि मर्मत गर्दै सिँचाइका लागि प्रयोग गरिएको छ ।

यसलाई पनि व्यवस्थित गरी नियमित रूपमा पानी सञ्चालन गर्न स्थानीय निकाय र प्रदेश सरकारबाट सहयोग जुटाउन लागिपर्ने निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँण बताउनुहुन्छ । पहिला सिँचाइ अभावले खेतीयोग्य जमीन बाँझिन थालेपछि केहीले गाउँ नै छाडेर अन्यत्र बसाइ सरी गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group