ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याउ खेतीले बिर्सायो विदेशको दुःख


admin
२४ कार्तिक २०७५, शनिबार   १२ : ००   बजे

बाँके, २४ कात्तिक  । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उहाँसँग पैसा बाँकी रहेन ।

खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गर्नुभयो । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उहाँलाई स्वदेश मै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गर्नुभएका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाउनुभएको छ । उहाँको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

उहाँले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाउनुभयो । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६० हजारबाट तरकारी खेती शुरु गर्नुभएका सुनारले २०६९ सालमा टहरा बनाएर रु १६ हजारको लगानीमा च्याउ खेती शुरु गर्नुभयो ।

शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गर्नुभएका उहाँले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाउनुभएको छ । उहाँले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाउनुभयो । “लक्ष्मी बैंकबाट रु ३५ लाख ऋण लिएँ”, उहाँले भन्नुभयो, “यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”

विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएका उहाँले बताउनुभयो । “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,” उहाँले भन्नुभयो । टहराबाट च्याउखेती शुरु गर्नुभएका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाउनुभयो । अहिले च्याउ लगाउनका लागि आठ वटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।

उहाँले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गर्नुभएको छ । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन्  भने चाउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् ।

आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भएपनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन शुरु गर्ने सुनारले बताउनुभयो । च्याउको सिजन शुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेच्नुभएका सुनारले यसवर्ष बढाउने लक्ष्य लिनुभएको छ ।

उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालीमबिना नै च्याउ खेती शुरु गर्नुभएका सुनार अचेल आफैँ तालीम दिनुहुन्छ । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो ।

आत्मविश्वास बढ्यो, यसैमा लागिपरे  र कर्म गरे अवश्य फल पाइन्छ । उहाँले भन्नुभयो, “हिजो १०÷१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे र आज दुई÷चार लाख दिने मान्छे छन् ।” व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । उहाँ च्याउखेतीमै लागिपर्नुभयो र सफल पनि बन्नुभयो ।

“विसं २०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिन,” उहाँले भन्नुभयो, “साथीभाइको साथले फेरि शुरु गरें ।” समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उहाँले बताउनुभयो ।

सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाउनुभएको छ । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उहाँ बताउनुहुन्छ । “आफ्नो काममा खुसी र सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “अझै धेरै गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

सम्बन्धित

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group