ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रका ९ डिआइजीको सरुवा तथा पदस्थापन


एबीसी न्यूज
२५ कार्तिक २०७५, आइतबार   ८ : १५   बजे

काठमाडौं, २५  कात्तिक । सशस्त्र प्रहरी बलले  डिआइजीको सरुवा तथा पदस्थापन गरेको छ । तीन डिआइजीको सरुवा तथा ६ जनाको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरुवा हुनेहरूमा बाबुराम पाण्डे, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ छन् । पाण्डेलाई बाहिनी मुख्यालय प्रदेश ४ कास्की र श्रेष्ठलाई बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीमा सरुवा गरिएको छ । श्रेष्ठ यसअघि प्रदेश ४ कास्कीमा कार्यरत थिए । प्रदेश २ स्थित बाहिनीको प्रमुखका रूपमा कार्यरत डिआइजी कवीन्द्रमान श्रेष्ठलाई केही महिनामै हटाएर सुरक्षा परिषद्को सचिवालयमा जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गत साता बढुवा भएका ६ डिआइजीहरूलाई पनि जिम्मेवारी दिइएको छ । प्रजाभक्त श्रेष्ठलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, रामप्रसाद श्रेष्ठलाई प्रदेश नम्बर ३ को बाहिनी मुख्यालय मकवानपुर, राजु अर्याललाई मानव स्रोत विभागअन्तर्गतको तालिम निर्देशनालय, नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागअन्तर्गतको सीमा निर्देशनालय, चन्द्रप्रकाश गौतमलाई कमान्ड एन्ड स्टाफ कलेज तथा गोविन्द क्षेत्रीलाई मानव स्रोत विभागअन्तर्गतको प्रशासन निर्देशालयमा पदस्थापन गरिएको छ । त्यस्तै, एसएसपी किशोर प्रधानलाई कमान्ड एन्ड स्टाफ कलेजबाट विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group