ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी २३ जना नियन्त्रणमा


एबीसी न्यूज
२६ कार्तिक २०७५, सोमबार   ८ : ४८   बजे

 

१८ वर्ष मुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो तर मनोरञ्जनको बहानामा ठमेल, दरबारमार्ग, ज्याठा र झमेलका केही डिस्को र बारले समूहगत रुपमै किशोर–किशोरीलाई डान्स र बारमा प्रवेश गराउने गरेका छन् ।

केही वर्षअघिसम्म प्रहरी यसप्रति सचेत पनि देखिन्थ्यो । बेलाबखत डिस्को र बारमा निगरानी बढाएर किशोर–किशोरीलाई प्रवेश गराउने डिस्को र बारलाई निरुत्साहित गराउने गरेको थियो ।
केही डिस्कोले त प्रायः शुक्रबारको दिन किशोर–किशोरीलाई लक्षित डान्स पार्टीको आयोजना गर्छन्, जहाँ मदिरासमेत खुला गर्ने गरिन्छ ।

नौ वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंले सुन्धारामा रहेको बेबिलोन डिस्कोमा दिउँसो छापा मार्दा तीन सय बढी विद्यार्थी विद्यालयको पोसाकमै फेला परेका थिए । सो घटनापछि केही समय बेबिलोन बन्द भएको थियो । अहिले पुरानो स्थानभन्दा केही पर पुनः सो डिस्को सुरु भएको छ ।

बेबिलोनमा छापा मार्दा मिडियालाई सँगै लिएर गएको भनी प्रहरी प्रशासनको आलोचना भएको थियो । अवैध रुपमा किशोर–किशोरीलाई डिस्कोमा प्रवेश गराउने सञ्चालक दोषी भए पनि डिस्को जाने किशोर किशारीलाई अपराधीझैँ प्रहरी भ्यानमा राख्ने प्रहरीको कामको आलोचना भएपछि प्रहरी यस्तो कार्बाहीमा सुस्ताएको थियो ।

तर किशोर–किशोरीलाई डिस्को र बारको ढोका खुला गराउने क्रम भने रोकिएन । गत शुक्रवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठामा रहेको ओनेक्स क्लबमा छापा मार्दा त्यही देखियो ।

मध्यरात क्लब पुगेका प्रहरीले २३ जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र रहेको देखियो । प्रहरीले त्यहाँ भेटिएका किशोरीलाई नियन्त्रणमा लिएर दरबारमार्ग चौकीमा ल्याएर अभिभावकको जिम्मा लगाई पठायो भने क्लबका सञ्चालक सत्यमान दोङलाई पक्राउ गरेको थियो ।

दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्ल किशोर–किशोरीलाई प्रवेश गराउने गरेको सूचनाको आधारमा क्लबमा जाँदा सूचना सत्य देखिएपछि २३ किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको र सञ्चालकलाई दुई दिन हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको र पछि तारेखमा मुक्त भएको जानकारी दिए ।

‘अभिभावकहरुसँग जाहेरी माग्दा उहाँहरु तयार हुनु भएन,’ डिएसपी मल्लले भने, ‘अहिलेको अपराध संहिताअनुसार बिना जाहेरी हिरासतमा राखेर अनुसन्धान र कार्बाही गर्न कठिन भएकाले दुई दिन हिरासतमा राखेर सम्बन्धित कार्यालयमा बुझाइदियौँ । यसपछि उनी छुटेका हुन् ।’ डिएसपी मल्लले भने क्लबमा किशोर–किशोरीको प्रवेश गराएको मात्रै हैन, क्लब दर्ता नगरीकनै चलाइएका छन् । क्लब दर्ताको प्रक्रियामात्रै सुरु गरेर सञ्चालन गरेको खुलेपछि अनुमति नलिएसम्म नचलाउनू भनेर बन्द गर्न निर्देशन दिएको र यसबारे जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएका छाै  ।

प्रहरीको दाबी पत्याउने हो भने ठमेल र दरबारमार्ग क्षेत्रका अन्य नाइट क्लब र डिस्कोले पनि कम उमेरका किशोर–किशोरीलाई रोकतोक नगरी प्रवेश गराउँछन् ।

यस्ता घटनापछि प्रहरीले दरबारमार्ग र ठमेल अन्तर्गत एरियामा सञ्चालित रात्रीकालिन क्लब, डान्सबार, रेष्टुरेन्टहरुमा कडा निगरानी राख्न सुरु गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरी महानगरीय प्रहरी वृत, दरबारमार्ग, लैनचौर र कमलपोखरीले रेष्टुरेन्ट व्यवसायीहरुसँग एक खालको सहमति गराई निगरानी राख्न सुरु गरेको हो ।

(डिएसपी) दानबहादुर मल्लको अध्यक्षतामा कात्तिक २० गते इन्सपेक्टर फलबहादुर तामाङ, डेजाभु क्लबका सञ्चालक पासाङ शेर्पा, क्लब वुड ल्यान्डका सञ्चालक नविन प्रधान, क्लब भिक्टीका सञ्चालक मनराज तामाङलगायतको उपस्थितिमा १८ वर्षमूनिका किशोरकिशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गर्न रोक लगाइने सहमति भएको छ ।

रेष्टुरेन्ट व्यवसायीहरुसँग १८ वर्षमूनिका किशोरकिशोरीहरुलाई प्रवेशमा रोकसँगै नाइट क्लब, डिस्को र बारमा व्यवस्थित पार्किङको व्यवस्था र लागुऔषध, हातहतियार, बालबालिका निषेधका संकेत सबैले देखिने गरी स्पष्ट रुपमा राख्नुपर्ने सहमति भएको डिएसपी मल्लले जानकारी दिए । यदि  नाइट क्लब, डान्सबार र डिस्कोले यो नियम पालना गर्नैपर्ने डिएसपी मल्ल बताउँछन् । यदि कुनै क्लब, बार र डिस्कोले नियमलाई पालना गर्दैन भने सजायकाे भागिदार हुने बताए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group