ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिवादित बन्दै पुर्वी क्षेत्र महोत्सव , प्रशासनसमक्ष अझै स्वीकृत लिएन


एबीसी न्यूज
२६ कार्तिक २०७५, सोमबार   १० : ५९   बजे

चितवन , २६  कार्तिक । कुनै पनि संघसंस्थाले मेला महोत्सव आयोजना गर्दा र गराउदा सम्बन्धि जिल्ला प्रशासन कार्यालय समक्ष अनिवार्य रूपमा लिखित स्वीकृत लिनुपर्ने हुन्छ ।

महोत्सव आयोजकको विधानमा मेला महोत्सव आयोजना गर्न साथै उद्योग वाणिज्य संघ, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयको सिफारिस, आयव्यय विवरण, सार्वजनिक गर्ने प्रतिबद्धतापत्र, दर्ता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अस्थायी दर्ता प्रमाणपत्र अनिवार्य रूपमा उल्लेख हुनुपर्ने छ ।

तर, लायन्स क्लब अफ राइनो सिटी र एन । एस क्रियसन एण्ड इभेन्ट्स प्रा लि को संयुक्त आयोजनामा आउँदो कार्तिक ३० गते देखि हुन लागिएको पूर्वी क्षेत्र महोत्सवमा आयोजकहरुले आज आइतबारसम्म आइपुग्दा समेत कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । पुर्वी क्षेत्र महोत्सवका प्रशासन समक्ष महोत्सव सञ्चालन गर्न पाउने भनी कुनै लिखित स्वीकृत दर्ता भएको छैनन् । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले भने, शान्ति सुरक्षाको दृष्टिकोणले मेलामहोत्सव सञ्चालन गर्दा प्रशासन समक्ष अनिवार्य लिखित स्वीकृति लिनुपर्ने हुन्छ । तर, उनीहरुले प्रक्रिया पुर्‍याएका छैनन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर घनश्याम भट्टराईले लायन्स क्लबको विधानमा मेलामहोत्सव गर्ने उल्लेख नभएको र आयोजक लायन्स क्लबले सम्बन्धित निकायहरुबाट स्वीकृति लिएर मात्र कार्य गर्नुपर्नेमा उनको जोड थियो । उता, पूर्वी क्षेत्र महोत्सवको संरक्षकसमेत रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शववाहन किन्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको भएर नगरपालिकाले स्वीकृति दिएको र जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्ने भए आयोजक संस्थाले प्रशासनसँग स्वीकृति लिएरमात्र महोत्सव आयोजना गर्नुपर्ने बताए ।

यता, आयोजक लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओम सापकोटाले महोत्सवको तयारी लगभग सबै पूरा भएकोले आउँदो ३० गतेभित्र सबै प्रक्रिया पूरा गर्ने बताए ।’ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए पनि अहिलेसम्म महोत्सवको लागि जिल्ला प्रशासन कार्यालयसँग लिखित स्वीकृति लिएको छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group