ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशक पछि शिक्षक व्यवस्थापनले पायो पुर्णता


admin
२६ कार्तिक २०७५, सोमबार   १ : ४४   बजे

रुकुम,२६ कात्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक अभिवृद्धिका लागी पुर्णरुपमा शिक्षक व्यवस्थापन गरेको छ ।

करिब २ दशक पछि नगरपालिका भित्र रहेका आधारभुत तथा माध्यामिक विद्यालयमा नगरले शिक्षक व्यवस्थापन गरेको हो । विद्यार्थिहरुको अनुपात उच्च भएको तर सिमित मात्रामा शिक्षकहरु हुदा विद्यार्थीहरुको पठनपाठनमा समस्या हुदै आईरहेको थियो ।

नगरपालिका भित्ररहेका ३२ आधारभुत र ९ वटा माध्यामिक गरी कुल ४१ वटा सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गरेको छ । नगरले विद्यालयको माग अनुसार विभिन्न विषयका १२८ जना शिक्षक व्यवस्थापन गरे संगै हाल यस क्षेत्रका विद्यालयको पठनपाठन व्यवस्थित भएको छ । नगर शिक्षा अधिकृत धननजय आचार्यले बताउनुभयो ।

लामो समय देखि शिक्षक अभावमा वहुकक्षा शिक्षण हुदै आईरहेका विद्यालयहरुका लागी नगरले शिक्षक व्यवस्थापन गरे संगै हाल अध्ययन अध्ययापनमा सहज भएको छ । नगर भित्र संचालन रहेका विद्यालयहरुको शैशिक गुणस्तरलाई प्रविधिसंग जोडनको लागी नगरले प्रविधिमैत्री शिक्षा समेत संचालनमा ल्याएको छ ।

शिक्षामा सुधार गर्नुका साथै विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादनमा सहयोग गर्ने उद्देश्यले ३२ जना थप शिक्षक सहजकर्ताको समेत व्यवस्थापन गरेको छ । नगरले विद्यालयमा जानकारी विना उपस्थित नहुने ढिलागरी विद्यालय जाने शिक्षकहरुको तलव समेत रोक्का गरेको थियो ।

विद्यार्थीहरु भित्र लुकेर रहेको सिप र क्षमतालाई प्रस्फुटन गर्नको लागी प्रत्येक विद्यालयमा संगीत र खेलकुद शिक्षकको व्यवस्था गरेको शाखा अधिकृत धननजय आचार्यले बताउनुभयो ।

नगरपालिकाले सवै विद्यालयमा शिक्षकको व्यवस्थाप गरेपछि प्रभावकारी रुपमा अध्ययन अध्ययापन भैरहेको छ । विभिन्न समयमा नगरपालिका बाट अनुगमण तथा मुल्यांक कार्य भैरहेको छ ।

विद्यालयहरुमा शिक्षक व्यवस्थापन संगै नगरले भौतिक व्यवस्थापनको क्षेत्रमा समेत तिव्र गतिमा काम गरीरहेको छ । आर्थिक वर्ष २०७५-०७६ को बजेटमा सवै भन्दा धेरै वजेट शिक्षा क्षेत्रमा छुटयाईएको थियो । कुल वजेटका ४० प्रतिशत रकम शिक्षा क्षेत्रमा नगर विनियोजन गरेको थियो ।

हाल नगरका ११ वटा विद्यालयका भवन निर्माणाधिन अवस्थामा रहेका छन । नगरले शिक्षा क्षेत्रमा गरेको लगानीले निरन्तता पाएमा जिल्लाको चौरजहारी नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्नुका साथै शिक्षा लाई प्रविधिसंग जोडेर आसासित लक्ष्य प्राप्त गर्न सक्ने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group