दोलखा,२६ कात्तिक । दोलखामा तामाकोशी नदिले बगाएर बेपत्ता भएका एक युवा मृत भेटिएका छन । बेपत्ता भएको २२ दिन पछी दोलखा प्रहरीले बेपत्ता युवा मृत अवस्थामा फेला पारेको हो।
मृतु हुनेमा बैत्यश्वोर गाउपालिका वडानं. ८ का २३ वर्षीय रत्न बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । जिप्रका दोलखाको अनुसार श्रेष्ठको शव मेलुङ गाउपालिकाका वडानं. १ मा फेला परेको थियो ।
घर नजिकै रहेको तामाकोशी नदि तर्ने क्रममा कात्तिक ३ गते श्रेष्ठलाई बगाएर बेपत्ता पारेको थियो।
त्यसपछि खोजतलासको क्रममा कात्तिक २५ गते श्रेष्ठलाई मृतअवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्