ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’


admin
२८ कार्तिक २०७५, बुधबार   ४ : २२   बजे

 काठमाडौं, २८कात्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य डा अभिजित गुप्ताले ग्रहण गर्नुभएको उक्त अवार्ड आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो । संस्थाले एशोसिओ आउटस्टयाण्डिङ कम्पनी, आउटस्टयाण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्ने गर्छ । त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो ।

सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो । संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन् ।

यसअघि २०७५ भदौ १ गते नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group