ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मदिनको खर्च मिर्गौला पीडितलाई


admin
२८ कार्तिक २०७५, बुधबार   ४ : ५५   बजे

 काठमाडौं, २८ कात्तिक । पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिनुभएको हो ।

करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना बुबाको उपस्थितिमा सो रकम बिरामीलाई सहयोग गरेर जन्मदिन मनाउनु भएको हो ।

स्काउट शिक्षक एवम् पत्रकार बलराम प्यासीको पहलमा बालिका टियाले सो रकम आज मिर्गाैला रोग पीडित माझीलाई हस्तान्तरण गर्नुभयो । यसअघिका जन्मदिनमा टियाले विभिन्न विद्यालयमा अध्यनरत न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाउँदै आउनुभएको छ ।

रामेछाप मन्थली गाउँपालिका–१ कुँडारका ४६ वर्षीय मिर्गाैला रोग पीडित माझीको दुवै मिर्गाैलाले काम गर्न छोडेपछि उहाँ विगत डेढ वर्षदेखि शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा हप्तामा तीन पटक डायलोसिस गरिहनुभएको छ । श्रीमती, एक छोरा र दुई छोरीका साथ कोटेश्वरमा डेरामा बस्दै आएका बिरामी माझी बिहान–बेलुकीको समय स्थानीय सामाजिक क्लबको पानी वितरण कक्षमा रोजगारी गर्नुहुन्छ ।

हप्तामा तीन पटक गरिने डायलोसिसका लागि आवश्यक पर्ने औषधि खर्च जुटाउन उनलाई हम्मेहम्मे भएपछि स्थानीय समाजसेवीले उहाँलाई धेरथोर आर्थिक सहयोग गर्दै आएका छन् । केही दिनअघि पनि उहाँलाई स्थानीय सुवेदी समाज कोटेश्वरले पनि आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group