ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्


admin
२९ कार्तिक २०७५, बिहिबार   १० : १५   बजे

पाल्पा, २९ कात्तिक ।  रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन ।

उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई-तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् ।

फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् । सफा र सुन्दर विद्यालयको विशेषता नै हो तर त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ ।

उक्त विद्यालयकोे भौतिक संरचना लोभलाग्दा भए पनि र शिक्षकहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि विद्यार्थी बढाउन उनीहरुलाई हाम्मेहाम्मे भयो । कक्षा ५ सम्म १५ बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले कक्षा १ मा दुई, कक्षा २ मा चार, कक्षा ३ मा दुई, कक्षा ४ मा दुई, कक्षा ५ मा पाँच विद्यार्थी अध्ययनरत छन् ।

बाल कक्षामा भने आठ बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयका प्रअ धुव्र अधिकारी बताउनुहुन्छ । विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश दलित बस्ती छ । कक्षा १ देखि ५ कक्षासम्मको उक्त विद्यालयमा एक जुनुमाया बुढामगर मात्रै गैरदलित विद्यार्थी छिन् ।

सेवा र सुविधाको खोजीमा अधिकांश मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कमी हुँदै गएको हो । कक्षाकोठा, बेञ्च र पुस्तकालय निकै आकर्षित छन् । प्रअ अधिकारीे भन्नुहुन्छ, “घर बिर्सेर विद्यालय बनाइयो, अहिले विद्यार्थी सङ्ख्या न्यून भयो ।” विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदा शिक्षक तथा अभिभावक चिन्तित छन् ।

उक्त गाउँपालिकाको प्राय सबै आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् ।सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानाका साथै कहिलेकाहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यतासमेत छ ।

विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा लाग्ने प्रअ अधिकारीको भनाइ छ । विद्यालयका शिक्षक खगेश्वर नेपालका अनुसार कम विद्यार्थी सङ्ख्यामा पठनपाठन गर्दा गृहकार्य गर्न सहज हुने भए पनि छड्के जाँच गर्न सहज हुँदैन ।

विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा २०६१ सालमा कक्षा १ मा ९५ विद्यार्थी पुगेको शिक्षिका बिमला गौतम बताउनुुहन्छ । पन्ध्र विद्यार्थी पढाउनका उक्त विद्यालयमा लागि तीन शिक्षकको दरबन्दी छ । जस्मा एक राहत र एक बालशिक्षक पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group