ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवार नआएपनि मतगणना गर्न निर्वाचन आयोगको निर्देशन


admin
१६ असार २०७४, शुक्रबार   २ : २१   बजे

काठमाडौँ, १६ असार । निर्वाचन आयोगले दोस्रोचरणअन्तर्गत स्थानीय तह निर्वाचनको मतगणना कार्यमा उम्मेदवार वा निजका प्रतिनिधि उपस्थित नभए वा हस्ताक्षर नगरेको अवस्था पनि मतगणना कार्य अगाडि बढाउन सम्बन्धित सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभएमा वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अगाडि बढाउने निर्णय गरेको हो ।

मतगणना कार्यमा उम्मेदवार उपस्थित भए पनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरुको र उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन भन्ने व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group