ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब गल्तीले कसैलाई मेसेज पठाइएमा त्यो डिलिट गर्न सकिने, फेसबुकले थप्यो नयाँ सुविधा


एबीसी न्यूज
३० कार्तिक २०७५, शुक्रबार   १ : ००   बजे


काठमाडौं,३० कातिक  काठमाडौं, कुनै बेला भूलबस कुनै व्यक्तिलाई पठाउन खोजेको सन्देश अर्कैको इनबक्समा सेन्ड हुन्छ । यो समस्याबाट फेसबुकका प्रयोगकर्ताहरु निकै ठूलो समस्यामा थिए ।

तर अब फेसबुकले ल्याएको नयाँ सुविधाले यो समस्याको हल गरेको छ । यसअघि प्राप्त मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गर्दथ्यो । अब भने अरुकोमा डेलिभरी भएको सन्देश पनि मेटन सकिने भएको छ ।

यसबाट फेसबुकमार्फत हुने अपराधमा समेत कमी हुने विश्वास लिइएको छ । कतिपय अवस्थामा पुराना मेसेज देखाएर महिला या पुरुषलाई ब्ल्याकमेल गर्ने समस्याबाट पनि यसले मुक्ति दिने छ । अब आफूले कुनै अरुलाई पठाएको मेसेज उसको इनबक्सबाट समेत मेटन सकिने छ ।

फेसबुकले पठाइएको मेसेज डिलिट गर्नका लागि १० मिनेटको समयसीमा तय गरेको छ । यसको अर्थ के हो भने यदि युजरले कसैलाई भूलवस सन्देश पठाएको छ भने यो सन्देश डिलिट गर्नका लागि तपाईलाई दश मिनेटको समय दिइएको हुनेछ । अनसेण्ड फिचरका माध्यमबाट प्रयोगकर्ताले च्याटसँगै पठाएका फोटो र भिडियो पनि डिलिट गर्न सक्नेछन् ।

फेसबुकले अनसेण्ड गरेको मेसेजको कपी केही समयका लागि आफूसँग राख्नेछ । कतै यी मेसेज कसैलाई दुव्र्यवहार गर्न त होइनन भनेर चेक गर्न फेसबुकले केही समय यी मेसेज आफूसँग राख्ने भएको हो ।

दुखको कुरा चाहिँ के छ भने यो सुविधा हालका लागि भने नेपालका लागि खुला गरिएको छैन । अहिले बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा यो फिचर दिइएको छ । तर छिट्टै यो फिचर नेपाललगायत विश्वभरी प्रदान गरिने विश्वास भने गर्न सकिन्छ ।

यो फिचरलाई प्रयोग गर्न प्रयोगकर्तालाई आफूले पठाएको मेसेजमा ट्याप गरेर त्यसलाई केही समय होल्ड राख्नुपर्ने हुन्छ । त्यसपछि सबैका लागि हटाउनुस् भन्ने अप्समा क्लिक गरेर त्यो मेसेज हटाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group