ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा विद्यार्थीे कम


admin
३० कार्तिक २०७५, शुक्रबार   २ : ०१   बजे

 

जितपुर, ३० कात्तिक  ।  चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका सात वटा विद्यालयको एउटा कक्षामा १०-१२ जनाभन्दा बढी विद्यार्थी छैनन् ।

जिल्लाका शारदा आधारभूत, मझौवा, जनता आधारभूत पिपरा, वरकटिया आधारभूत बनगवा, जनकल्याण आधारभूत बालापुर, कोठीनदी आधारभूत गोगापुर, सरस्वती आधारभूत ठाटी गजेहडा र कोटीया आधारभूत गङ्गौलियामा विद्यार्थी न्यून मात्रामा अध्ययन गर्दछन् । नेपाल सरकारको विद्यमान शिक्षा नियमावलीअनुसार प्रतिकक्षा बराबर ५० जना विद्यार्थी हुनपर्ने प्रावधान छ ।

वाँणगङ्गा नगरपालिकाभित्र आधारभूत तहका विद्यालयमा मात्र नभई कतिपय माध्यमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको वाणगङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । यी सबै विद्यालयको वास्तविकता पहिचान गरी एकीकरण गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारु बताउनुहुन्छ ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण नगर्दा एकातिर राज्यको स्रोतसाधन दुरुपयोग भएको छ भने अर्काेतिर धेरै विद्यार्थीले शिक्षक नै नपाउँदा पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

नगरमा आधा दर्जन बढी त्यस्ता विद्यालय छन् जहाँ हरेक विद्यालयका तीनदेखि पाँच जना शिक्षकले चार वर्षदेखि आधारभूत तहका सबै कक्षामा गरेर १७ देखि ३० जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।

नगरको यस्तो अवस्थाप्रति चिन्तित हुँदै शिक्षा विकास तथा समन्व्य एकाइका प्रमुख बाबुराम भट्टराईले विद्यार्थी कम भएका विद्यालयलाई एकीकरण गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो । उहाँले यसरी कम विद्यार्थी भएका विद्यालयमा घरदैलौ अभियान वा कुनै कार्यक्रममार्फत विद्यार्थीको आकर्षण पनि बढाउन सकिने बताउनुभयो ।

नगरपालिकाले शिक्षा क्षेत्रका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेर सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनुपर्नेमा अभिभावकले जोड दिएका छन् । न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group