ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्षमा १५ हजार मेघावाट विद्युत्त उत्पादन हुन्छ: ऊर्जामन्त्री पुन


admin
३० कार्तिक २०७५, शुक्रबार   ५ : ३५   बजे

संखुवासभा, ३० कात्तिक । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले १० वर्षमा १५ हजार मेघावाट विद्युत्त उत्पादन हुने बताएका छन । शुक्रबार संखुवासभाको तुम्लिङ्गटारमा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री पुनले तीनवर्षमा तीन हजार मेघावाट, पाँच बर्षमा पाँच हजार मेघावाट र १० बर्षमा १५ हजार मेघावाट विद्युत्त नेपालकै खोलानालाबाट उत्पादन हुने दाबी गरेका हुन । उत्पादन भएको १५ हजार मेघावाट विद्युत्त मध्ये १० हजार मेघावाट विद्युत्त देश भित्रै खपत गर्ने वातावरण तयार गर्ने र त्यो भनेको दुई अंकको आर्थिक बृद्धि १० प्रतिशत हुने मन्त्री पुनको दाबी थियो ।

मन्त्री पुनले दृढताको साथ भने, अब मुलुक भित्रै ८ देखी १० हजार मेघावाट विद्युत्त खपत गर्ने वातावरण बनाउन लागी पर्ने र बाँकी रहेको ५ हजार मेघावाट विद्युत्त क्षेत्रीय बजार भारत तर्फ निर्यात गर्ने उनको भनाई छ ।

नेपालको बजार र कलकारखाना बढि भएको पाँच हजार विद्युत्त छिमेकी मुलुक भारत मात्रै नभएर उत्तरी छिमेकी राष्ट्र चीन र बंगलादेशमा समेत निर्यात गर्न सकिने मन्त्री पुनले बताए । नजिकका छिमेकी मुलुकहरु भारत, चीन र बंगलादेशसंग ऊर्जाको क्षेत्रमा सहकार्य गर्न सकिनेछ ।

यसरी विद्युत्तमा मुलुक आफै आत्मर्निभर भएपछि विद्युत्तको संञ्जाल अथवा नेपाललाई विद्युत्तको हब नै बनाउने सकिने समेत मन्त्री पुनको दाबी गरे ।
नेपाल सरकारले १९ वटा जलविद्युत्तहरुको प्रोजेक्ट अध्ययन गरिरहेको जानकारी दिदै नेपाल सरकार आफैले उत्पादन गर्ने योजना बनाएको समेत मन्त्री पुनले जानकारी दिए ।

त्यहि १९ वटा जलबिद्युत्त मध्येको संखुवासभाको अपर अरुण नेपाल सरकार आफैले बनाउने सरकारले निर्णय गरिसकेको र यसमा विश्व बैङ्कले लगानी गर्ने सहमती भएको समेत कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमीरेले आयोजना निर्माण गर्न लागी प्रक्रिया शुरु भईसकेको जानकारी गराए । स्थानीयलाई धेरै भन्दा धेरै शेयर दिने तयारीमा लागेको उनको भनाई थियो ।

जोगवनी-विराटनगर-किमाथाङका (कोशी राजमार्ग) सडक अन्तर्गत भोटखोला गाउपालिकाको गोला र वरुण बजार नजिकै आयोजनाको बाँधस्थल बस्नेछ । यो आयोजना अहिले सम्म विश्वमै सस्तो रुपमा बन्ने आयोजना भएको बताइएको छ ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थ मन्त्री डा. युवराज खतिवडा, विश्व बैकका उपाध्यक्ष हाटविग साफेर, ऊर्जा सचिव दिनेश घिमीरे, कुलमान घिसिङ लगायतको टोली आयोजनास्थलको स्थलगत अध्ययन र अनुगमन गरेको हो ।

अपर अरुणबाट ७ सय मेगावाट भन्दा बढि विद्युत्त उत्पादन हुनेछ भने आयोजनामा ९० करोड अमेरिकी डलरको हाराहारीमा खर्च हुने अनुमान अनुमान गरिएको छ । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेकोले ऊर्जा बढी प्राप्त हुने र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने समेत बताईएको छ ।

कार्यक्रममा अमेरिकाका लागी नेपालको राजदुत अर्जुन कार्की, प्रतिनिधी सभाका साँसद राजेन्द्र गौतम, राष्ट्रिय सभाका विधान ब्यबस्थापन समितिका सभापति पर्शुराममेघी गुरुङ, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, जिल्लाका राजनैतिक दलका प्रतिनिधी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group