चितवन , १ मंसिर । सुस्त मनःस्थिति भएकी आफ्नी २२ बर्षिया छोरीलाई बलात्कारीबाट बचाउँदा बाबूको खुट्टा भाँचिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ मा कात्तिक २२ गते राती अन्दाजी १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर महानगरपालिका ११ का बर्ष २२ को हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए । आफ्नी छोरी बलात्कृत भएको थाहा पाएपछि बुबा गोपाल महत्तोले छुटाउन खोज्दा ती युवक उनीमाथि जाइलागेका थिए । मदिराले लठ्ठिएका आरोपित हरिभक्तले गोपाललाई उचालेर फालेपछि
खाटको धारमा लागेर उनको खुट्टा भाँचिएको हो । खुटा भाँचिएपछि उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका गोपालको उपचारमा समेत समस्या भएको छ ।
नेपाल दराई उत्थान समिती चितवनका अध्यक्ष रामबहादुर दराईले अाज आइतबार उनको अप्रेसन गर्ने तयारीमा चिकित्सक रहेको बताए । घरमा बाबुछोरीमात्रै भएकाले घाइतेको उपचारमा पनि पीडित युवती नै लागिपरेकी छन् । यता, घट्नामा संलग्न भएको आरोपमा पक्राउ परिएका महतोलाई चितवन प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको हो । उनीविरूद्ध जबर्जस्ती करणी प्रयास अन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्