ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुग्ध उद्योगबाट युवाले थाले रोजगारी पाउन


admin
१ मंसिर २०७५, शनिबार   १२ : २१   बजे

पाल्पा, १ मङ्सिर । यहाँ पशुपालन व्यवसाय फस्टाएसँगै दुध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् । बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले रोजगारी पाउन सफल भएका हुन् । विदेशबाट फर्केका युवाले पशुपालन तथा दुध उद्योग सञ्चालनमा राम्रो सफलता र प्रशस्त आम्दानी हुन थालेका छन् ।

पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रमा ५०० देखि ९०० गाईभैँसीपालन गरी दूध बेच्न थालेसँगै जीवनशैली फेरिएको छ । डेरी एशोसिएसन पाल्पामा हालसम्म ११ दुध उद्योग छन् । जिल्ला सदरमुकाम तानसेन नगर क्षेत्रमा सात र रामपुर नगरपालिका क्षेत्रमा चार दुग्ध उद्योग सञ्चालनमा छन् ।

डेरी एशोसिएसन पाल्पाका अध्यक्ष टीकाराम खरालले दुध उद्योगमा कामदारको रु ३० हजारदेखि ४० हजारसम्म पारिश्रमिक रहेको जानकारी दिनुभयो । दैनिकरूपमा उपभोक्ता बढेपछि कामदारको सङ्ख्यासमेत बढ्दै गएको छ । दूध सहजरूपमा खपत हुँदा किसान लाभान्वित हुनपुगेका छन् ।

श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमक्रान्त न्यौपानेका अनुसार पाल्पाबाट करीब एक करोड बराबरको छुर्पी जिल्ला बाहिर निर्यात हुने गर्दछ । किसानले उत्पादन गरेको दूधलाई सदुपयोग गर्दै छुर्पी बनाउन थालिएको हो । पाल्पामा उत्पादित छुर्पी नेपालको नमूना छुर्पीका रूपमा स्थापित हुँदै गएको व्यवसायी बताउँछन् ।

दुग्धजन्य पदार्थबाट दही, घ्यू, पनिर, खुवा, कुल्फी, आइसक्रिमलगायतका वस्तुको उत्पादनले व्यावसायिक रूप लिएको छ । दुग्धजन्य परिकार पोखरा, बागलुङ, स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देही, काठमाडौँलगायत जिल्लामा निर्यात हुने गरेको बताइएको छ । पाल्पाका किसानलाई अहिले दैनिक रु ४५ लाख बराबरको आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group