ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन सवारीसाधन एकअापसमा ठोक्किदाँ दुई को मृत्यु


admin
२ मंसिर २०७५, आइतबार   ११ : ०१   बजे

भक्तपुर, २ मङ्सिर  । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किदा च्यापिएर घाइते भएका मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका तीन वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा आज बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ ।

बा४ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group