दाङ, २ मङसिर । प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ ।
यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार भाडामा लिएर सेवा प्रवाह गरिँदै आएको थियो । सङ्घीय संरचनामा त्यहाँ रहेको गुल्मलाई स्थानान्तरण गरेर प्रदेश कार्यालय राखिएको छ ।
आवश्यक पर्ने अस्थायी प्रकृतिका संरचना निर्माण सम्पन्न गरेलगत्तै प्रदेश कार्यालय सारिएको प्रवक्ता पुष्पराज मल्लले जानकारी दिनुभयो । प्रदेश प्रहरी प्रमुखको निवास भने अझै तुलसीपुरमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्