ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पहिलो पटक पुरुषदिवस यसरी मनाइयो


admin
३ मंसिर २०७५, सोमबार   १ : ५६   बजे

ललितपुर, ३ मंसीर । स्वतन्त्र युवाहरुको समूह हामी दाजु भाइको आयोजनामा नेपालमा पहिलो पटक आज अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ ।

सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकि बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यकासाथ पुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताउनु भयो ।

पुरुषदिवस महिलाको अधिकारलाई संकुचीत पार्नका लागि नभई महिलाको अधिकार हनन नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोज नागरिएको संयोजक ठकुरीले बताउनु भयो ।

एक दिन नारी दिवस र बाली ३६४ दिन पुरुष दिवस भन्नु गलत हुन्छ । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको राज्यले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामी बुझ्नु पर्ने कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायधिस र (UN Men Leads Network )का सदस्य कल्याण श्रेष्ठले बताउनु भयो ।

नेपालको कानूनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएप नि उस्तै दण्डको व्यवस्था गरेको बताउनु हुँदै तर पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको अवस्थाबारे बताउनु भयो ।

नेपालमा बालकमाथि हुने हिंसा र दुव्र्यवहारको कुनै निश्चित तथ्यांक नभएपनि यस्तो अवस्था भने डरलाग्दो छ । खासगरी पछिल्लो समय अमेरिकी, क्यानेडियन, राष्ट्र संघीय निकायकै कर्मचारीहरु पनि बालकमाथि यौन दुव्र्यवहारको घटनामा पक्राउ परेपश्चात यस बारेमा छलफल हुन थाले पनि हुनुपर्ने जति बहस अझै थालनी भइसकेको छैन ।

वरिष्ठ पत्रकार तथा नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक अध्ययन अनुसार झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको तथ्य उजागर गर्नु भएको थियो ।

सन् १९६० को दशकबाट सुरु भएको पुरुषदिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मामिसौरी–कन्सास विश्व विद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्व माफ्रेब्रुअरी २३ मा पुरुषदिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो ।

तर त्यस पछाडि यो दिवस मनाउन छाडिएको मासन् १९९९ मा ट्रिनिडाड टेंगो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुषदिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्व व्यापी पनि बनाए ।

दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसैवर्ष देखि मनाउन थालिएको छ । विश्वमा चिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ ।

यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरु भन्ने नाराकासाथ मनाइ रहँदा नेपालमा (MeToo )अन्तर्गत नेपाली बालक र किशोरका दुव्र्यवहार र बलात्कारका विषय पनि उत्थान हुनुपर्ने सोचका साथ“किनकी बालक पनि दुव्र्यवहारमा पर्छन्”भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

जावलाखेलबाट आजविहान ८ बजे सुरु भएको पदयात्रामंगल बजारमा कोण सभामा परिणत भएर समापन भएको थियो । फेस पेन्टिङ, कविता वाचन, लैंगिक हिंसा विरुद्धको रातो रिबन कार्यक्रम र ऐक्यकद्दता मन्तब्य रहेको थियो ।

कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठ र बाल अधिकारकर्मी त्रिवेणी कुमार यादवले कविता वाचन गरेका थिए भने अधिकारकर्मी कविता शाहले नेपालमा बालकमाथि हुने यौन दुव्र्यवहारको अवस्थाबारे प्रकास पार्नु भएको थियो ।
इएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group