काठमाडौं, ४ मंसिर । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।
स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् ।
नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले जनाएकाे छ ।
मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्