काठमाडौं, ४ मंसिर । ठूला नीतिगत निर्णय तथा अनुसन्धानमा नेपाल सरकारलाई सघाउन गठन भएको विज्ञ समुह थिंक ट्याङ्कको बैठक मंगलबार बस्दै छ ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले गरेका पछिल्ला निर्णयसँगै आगामी दिनमा अख्तियारी गर्ने रणनितिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै चौतर्फी आलोचना भईरहेका बेला हुन लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विज्ञहरुको सुझावका आधारमा सरकारको आगामी दिशा तय गर्ने मुख्य उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले थिंक ट्याङ्कको बैठक बोलाएका हुन्।
प्राध्यापक डा. चैतन्य मिश्रको संयोजकत्वमा गठित समुहमा डा. मीना आचार्य, प्राध्यापक डा. राजेन्द्रध्वज जोशी, प्राध्यापक ड.। सुरेन्द्र लाल र डा. गणेशमान गुरुङ सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्