काठमाडौं, ४ मंसिर । कलंकी चोकबाट ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।
ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोजेपछि बाग्लुङबाट काठमाडौंका लागि छुटेको लु २ ख ७९९ नम्बरको बसका परिचालक गोमानसिंह पुनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
लेन अनुशासन उल्लघंन गरेकाले कारवाही गर्न खोज्दा परिचालक पुनले उनले कागजात भित्र ५ सय रुपैयाँ राखेर घुस दिन खोजेपछि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्