भैरहवा, ४ मंसिर । सेवा ग्राहीसंग घुस लिएका रुपन्देहीका सरकारी वकिल कोषहरी निरौला पक्राउ परेका छन् ।
सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता रहेका कोषहरी निरौला लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौको टोलिले पक्राउ गरेको हो ।
टोलीले उनि संग बाट ८० हजार घुस समेत बरामद गरेको छ । अदालतमा रहेको ठगी मुद्दा मिलाईदिने भन्दै सेवाग्राही सग रकम लिएको जनाइृएको छ । विशेष सूचनाका आधारमा गएको अख्तियार टोलीले निरौलालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्