ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिकाकोटमा भ्यूटावर निर्माण अधुरै


admin
५ मंसिर २०७५, बुधबार   १० : ५२   बजे

बेत्रावती, ५ मङ्सिर ।  नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८-६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ ।

नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको हो ।

हालसम्म सो बारेमा सम्झौता हुन नसकेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो ।

तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको जगेडाकोष र उपभोक्ताको साझेदारी अनुसार भ्यूटावर निर्माण थालिए पनि तीनै पक्षबीच सहमति नजुट्दा काम रोकिएको हो ।

कोषको जनसहभागितामा आधारित बजेट कार्यक्रममार्फत नगरपालिकाले रु २१ लाख ७५ हजार र उपभोक्ता समितिले रु आठ लाख रकम थप गरी निर्माण थालिएको थियो ।

सो कार्यका लागि उपभोक्ता समितिमा स्थानीय समाजसेवी रामकृष्ण बानियाँ र निर्माण व्यवसायी सूर्यगढी गाउँपालिका–१ लच्याङका बुद्ध तामाङ रहनुभएको थियो ।

उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको रकम खर्च भएको दाबी गरे पनि नगरपालिकाले टावर निर्माणको काम पारदर्शी ढङ्गले नगरेको भन्दै रु १० लाख ४० हजार मात्र निकासा गरेको थियो । बाँकी रकम अझैसम्म भुक्तानी गरिएको छैन ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निर्माणको क्रममा व्यवसायीको टावरको संरचना बिगारेको र गुणस्तरीय सामग्री प्रयोग नगरेको उजुरी आएपछि रकम निकासा रोकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu