ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्रा जिपको सिट काट्दै ट्राफिक प्रहरी


admin
६ मंसिर २०७५, बिहिबार   १० : २६   बजे

डोटी, ६ मङ्सिर ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए ।

सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरुले यहाँका जिपमा जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रूपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम बनाउने तथा बढी दुर्घटना निम्त्याउने सम्भावना भएकाले हामीले सिट हटाउन थालेका छौँ ,नहटाउनेलाई कारवाही हुनेछ ।

” गाउँका कच्ची सडकमा चल्ने यहाँका जिपमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुमान छ ।जिपका पछाडि जोडिएका सिटहरु हटाउन थालेपछि स्थानीयवासी पनि निकै खुशी भएका छन् ।

अब यहाँका जिप चालकले चालकसहित पाँच जना मात्रै यात्रु बोक्न पाउने नियम कायम भएको ट्राफिक प्रहरी जवान महेन्द्र विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu