रौतहट, ६ मंसिर/ इलाका प्रहरी कार्यालय विजयपुरले ३ थान चोरीको मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ।
बिभिन्न मितिमा चेकजाँचका क्रममा पक्राउ परेका र लामो समय सम्म पनि सवारी धनी हकदावी गर्न नआएका कारण आवश्यक प्रकृया पुर्याई गौर भन्सारमा बुझाएको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकाश थपलियाले बताए ।
उनका अनुसार छिमेकी राष्ट्र भारतसँग खुल्ला सिमानाका कारण भारतमा चोरी भएका मोटरसाईकल तथा चार पांग्रे साना गाडीहरू रौतहटमा गुड्ने गरेका कारण त्यसलाई नियन्त्रण गर्न उद्देश्यले समय समयमा चेकजाँच गर्ने गरेको र सोहि क्रममा प्रकाउ परेका मोटरसाइकललाई भन्सार कार्यालयमा बुझाएको बताए ।
प्रतिक्रिया दिनुहोस्