ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै


admin
६ मंसिर २०७५, बिहिबार   ५ : १४   बजे

प्यूठान, ६ मङ्सिर । बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल रोका मगरले परिवार पाल्नु परेन बरु पाखो डाँडाको सुन्तलाले ३५ वर्षदेखि पाल्दै आएको बताउनुहुन्छ ।

छेपानीमा रहेको पाखो जमीनमा लगाएको सुन्तला, कमलाबाट मनग्य आम्दानी भएपछि रविलाल रोकामगरले लामो समयदेखि आर्थिक सङ्कट भोग्नु परेन बरु सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो । तीनभाइ छोरा र बुहारी, एक छोरी र उहाँको बच्चा गरी नौ जना परिवार रहेको उहाँको घरमा अहिले पाँच जना छन् ।

पाँच जना रहेको अहिलेको परिवार सुन्तला र कमलाको आम्दानीमा आश्रित रहेको उहाँले बताउनुहुन्छ । ६० वर्षपहिले रविलालका स्व बुबाले एक बोट सुन्तला रोप्नुभएको थियो । पछि ४० सालतिरबाट सुन्तलाको बोट बढाइयो । “२०१४ सालदेखिको बाबाले लगाएको बाबाको चिनो अहिले व्यवसाय बनेको छ,” कृषक रविलाल रोकामगरले भन्नुभयो, “हाम्रो परिवार पाल्ने यही सुन्तला, कमला हो ।”

रविलाल रोकामगरले अहिले आफ्नो नौ रोपनी पाखोमा ३४५ वटा सुन्तला रोप्नु भएको छ । करीब १५० बोटबाट राम्रो उत्पादन हुन्छ भने अन्य बोटबाट अर्को वर्षदेखि उत्पादन शुरु हुने उहाँले जानकारी दिनुभयो । रविलाललाई सुन्तलाको बजारको अभाव छैन् । बरु प्यूठानका नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो बोटमा फलेको सुन्तला बजारसम्म पु¥याउने ढुवानी भाडा निःशुल्क पाउनुभएको छ ।

रविलालले एक वर्षमा करीब तीन लाख २० हजारको सुन्तला कमला बिक्री गरेको जानकारी दिनुभयो । “बजारमा त समस्या छैन्, थुप्रै साथी यही आउँछन्, केही मेला पर्वमा आफैँ लैजान्छौँ,” रविलालले भन्नुभयो, “मेयरले ढुवानीको व्यवस्था गरेपछि नाफा राम्रो हुन थालेको छ ।”

किसानले उत्पादन गरेको वस्तु गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्नु परेकोले अधिक मूल्य लिन प्रोत्साहन हुने प्रमुख कक्षपतिले बताउनुभयो । उहाँले बेमौसमी रुपमा बिक्री–वितरण गर्न चिस्यान केन्द्र स्थापना गर्न पहल गरेको दाबी गर्नुभयो । ढुवानीको बन्दोबस्त मिलाएपछि पोहर सालभन्दा तेब्बर फलफूल बिक्री गरी राम्रो आम्दानी लिन पाउने भएको नगरप्रमुख कक्षपतिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group