काठमाडौं, ७ मंसिर । ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरडटकमका सम्पादक अरुण बराल सम्मानित हुने भएका छन् । बिहीबार बसेको प्रेस काउन्सिल बैठकले देवकोटाका बराललाई पुरस्कार दिने निर्णय गरेको हो ।
छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले पुरस्कार दिने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत सो निर्णय गरेको हो जनही दुई लाख ५० हजार रुपैयाँ राशी रहेकाे पुरस्कार आगामी २४ मंसिरमा एक समारोहबीच प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्