ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरका विद्यालयको शिक्षामा गुणस्तर ल्याइने


admin
७ मंसिर २०७५, शुक्रबार   ३ : ५५   बजे

 काठमाडौं,७ मङसिर । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ । आज काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडौं महानगरीय शिक्षा रुपान्तरण अभियानअन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको शिक्षामा गुणस्तर ल्याउन विभिन्न कार्यक्रम ल्याउन थालेको जानकारी गराउनुभयो । ‘‘शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा हामी अहिले छलफल गरिरहका छौँ’’ उहाँले भन्नुभयो, ‘‘हामी निजी विद्यालयको स्तरमा सामुदायिक विद्यालयको शिक्षा बनाउछौँ ।’’

नगरभित्रका केही सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भन्दै उहाँले ती विद्यालयको अनुशरण गरी अरु विद्यालयले सिक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई एक अर्कामा प्रतिस्पर्धात्मक बनाई राम्रा विद्यालयलाई पुरस्कृत समेत गरिने जानकारी गराउनुभयो ।

केही प्रधानाध्यापकले बुझ पचाएर विद्यालयलाई राम्रो गर्न नसकेको भन्दै उहाँले विद्यालयको अनुगमन गरी विद्यालयको शिक्षामा सुधार गर्न जिम्मेवार समेत बनाइने बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले नीति नियम र पाठ्यक्रममा संशोधन गरी विद्यालयको शिक्षामा गुणस्तर ल्याइने बताउनुभयो । गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गुणात्मक शिक्षामा जोड नदिने हो भने अहिले सिकेका कुरा भोलि बिर्सने समेत बताउनुभयो ।

उहाँले महानगरले आफ्ना विद्यालयलाई आधुनिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने नमूना विद्यालय बनाउने धारणा राख्नुभयो । प्रशासनिक अधिकृत कोइरालाले विद्यालयमा भएका स्रोत साधनको अत्यधिक प्रयोग र शिक्षकमा भएको ज्ञानलाई प्रयोग गरेर शिक्षा सुधार गरिने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालयको सुधार शिक्षकबाट मात्र सम्भव भएकाले शिक्षा सुधार गर्ने अभिप्रेरणा शिक्षकमा हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा सुधारका नीतिगत समस्यालाई समाधान गदै शिक्षामा गुणस्तरल्याई प्रतिस्पर्धी शिक्षा बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले महानगरले विद्यालयको शिक्षाको गुणस्तर बढाउने योजना ल्याएको भन्दै त्यस अनुसार काम नगर्ने प्रधानाध्यापकलाई कारवाही गरिने जानकारी गराउनुभयो ।

अबको शिक्षा गुणस्तर र प्रतिस्पर्धी हुनपर्नेमा जोड महानगरको रहेको भन्दै त्यसको लागि प्रधानाध्यापक र शिक्षकको तयार हुनुपर्ने बताउनुभयो ।

शिक्षाको गुणस्तर ल्याउनका लागि अवकाश प्राप्त शिक्षकबाट पनि स्वमसेवी शिक्षकको रुपमा परिचालन गर्ने योजना महानगरको रहेको बताउनुभयो । उहाँले महानगरभित्रका सामुदायिक विद्यालयको एकरुपता समेत ल्याइने बताउनुभयो । गोष्ठीमा काठमाडौँ महानगरअन्तर्गतका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group