ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाको चुल्ठो समाउने प्रहरीलाई कार्बाही गर्न मन्त्री यादवको निर्देशन (फोटो फिचर)


admin
७ मंसिर २०७५, शुक्रबार   ५ : १३   बजे

 

काठमाडौं,७ मङसिर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीबाट भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानकृष्ट गराउँदै यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसार-पसार गरेको अभियोगमा केही सर्वसाधारण महिलाहरूलाई चुल्ठो समाएर लछारपछार गर्नका साथै निर्मम तरिकाले कुटपिट गरेका थिए ।

मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्म सम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि सहन याेग्य नभएकाे बताएका छन् ।

कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’

सामान्य अवस्थामा अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै कुनै पनि घटनाको अनुसन्धानमा मानवअधिकार लगायत व्यक्तिको मौलिक अधिकार हनन नहुने विषयमा सुरक्षाकर्मीहरूलाई गम्भीर बन्नुपर्ने मन्त्री यादवले बताए । ‘

अनुसन्धानमा अपमान, तिस्कार र ज्यादतीको पक्षपोषण गर्न सकिन्न । उनले कुनै पनि घटनामा व्यक्तिलाई नियन्त्रणमा लिइँदा विधि र प्रक्रिया पूरा गर्नुपर्ने निर्देशन समेत सशस्त्र अधिकारीहरूलाई दिए ।

मन्त्री यादवले वीरगन्ज घटनामा दोषी सुरक्षाकर्मीमाथि कार्बाही हुने आश्वासन दिँदै घटनाप्रति सशस्त्र प्रहरी बलको उच्च नेतृत्व संवेदनशील रहेको दाबी गरे । ‘सशस्त्रका उच्चाधिकारीहरू पनि घटनालाई लिएर स्तब्ध हुनुभएको छ ।

उहाँहरू दोषीमाथि तत्काल कार्बाही थाल्नुभएको छ,’ उनले भने ,यसअघि सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेशकुमार श्रेष्ठले वीरगन्जमा महिलामाथि हातपात हुुनु दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीमाथि प्रहरी नियमावलीअनुसार कार्बाही प्रक्रिया थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group