ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जात होइन थरका आधारमा नागरिकता हुनुपर्छ : सांसद


admin
९ मंसिर २०७५, आइतबार   ७ : २६   बजे

काठमाडौं, ९ मङसिर । दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा जात होइन थरका आधारमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

दलित समुदायभित्र विभिन्न थर रहेको हुँदा जातका आधारमा नभई थरका आधारमा नागरिकता उपलब्ध गराउँदा आफूहरुलाई आत्मसम्मान प्राप्त हुनका साथै समाजमा विभेद कम हुने उहाँहरुको भनाइ थियो । सांसद आशाकुमारी विकले थरका आधारमा नागरिकता दिने व्यवस्थाले दलित समुदायमा आत्मसम्मान प्राप्त हुने धारणा व्यक्त गर्नुभयो ।

अर्का सांसद विमला विक दूतराजले जातका आधारमा होइन, थरका आधारमा नागरिकता दिँदा विभेद कम हुने विचार प्रकट गर्नुभयो । बाहुन-क्षेत्रीका जस्तै दलित समुदायभित्र पनि गौतम, पौडेल, घिमिरे, लामिछानेजस्ता थर रहेकाले सोही थरका आधारमा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदा हाम्रो आत्मसम्मान हुन्छ, त्यो व्यवस्था होस् भन्ने उहाँहरुको भनाइ थियो ।

कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले दलित समुदायबाट उठेका आवाज र भावनालाई सम्बोधन गर्न जात होइन, थरका आधारमा नागरिकता प्राप्तिका विषयलाई गम्भीरताका साथ लिएर समेट्न आवश्यक छ भन्नुभयो ।

यसअघि बैठकमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको प्रमाणपत्र सहजरुपमा उपलब्ध गराउने सुनिश्चित व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा समेट्न सदस्यले सुझाव दिनुभयो ।

विधेकमा संशोधनकर्ताका हैसियतले भाग लिनुभएका सभापति पोखरेले गैरआवासीय नेपालीको प्रमाणपत्र लिएका व्यक्तिका नाति पुस्तासम्मले पनि एनआरएनको प्रमाणपत्र पाउने व्यवस्थाका लागि विधेयकमा प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

त्यस्तो प्रमाणपत्र गृहमन्त्रालयबाट मात्र नभई विदेशस्थित नेपाली दूतावास वा जिल्ला प्रशासन कार्यालयमार्फत सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । गैरआवासीय नेपालीलाई राजनीतिक र नागरिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको पहिचानका लागि प्रमाणपत्र दिने व्यवस्था कानूनले गरेको छ ।

यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकतासम्बन्धी उठेका जटिल प्रश्न सम्बोधन गर्न ल्याइएको नागरिकतासम्वन्धी विधेयकमाथि गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभयो । उक्त विधायकमाथि ५५ सदस्यको २३ विषयमा १०२ संशोधन परेको छ । उक्त संधोशनको एकदेखि नौ बुँदासम्म आजको बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group