ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन प्रहरीले एक पछि अर्काे गर्दै लागुअाैषधकाे जालाे समाप्त पार्दै


एबीसी न्यूज
९ मंसिर २०७५, आइतबार   ९ : १०   बजे

 

चितवन, ९ मंसिर । शान्ति सुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ चितवन प्रहरीले सञ्चालनमा ल्याएको ‘थ्री एस’ अप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । अपराधका विभिन्न क्षेत्रमा उल्खनिय सफलता प्राप्त हातपार्न  चितवन प्रहरी सफल भएपछि  उक्त अप्रेसन प्रभावकारी बनेकाे हाे  ।

पछिल्लाे समयमा  चितवनमा  लागू औषध र देहब्यापारलाई पहिलो निशाना बनाउदै आएको चितवन प्रहरीले कार्तिक १६ गते १८० एम्पुल र ३०३ ट्याब्लेट नाइट्रोब्याट सहित भारतीय नागरिक रामनिवास गुप्तालाई पक्राउ गरेको तीन साता बित्न नपाउदै गएको शुक्रबार राती  ठूलो परिणामको लागू औषध र नगदसहित भरतपुर महानगरपालिका वडा नंं २ स्वामीचोकबाट भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट वर्ष २५ का केशव घले र ऐ . ऐ बस्ने वर्ष २४ का विशाल घलेलाइ जिल्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले उनीहरुलाइ पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुलसहित नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको चितवन प्रहरी प्रमुख एसपी शुसिल सिहं राठौरले जानकारी दिएका छन् ।

 

एसपी राठौरका अनुसार केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाइ प्रहरीले फेला पारेको थियो । अनुसन्धानका क्रममा उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक रूपमा अनुसन्धान प्रक्रियालाइ अगाडी बढाईएको एसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group