चितवन, ९ मंसिर । शान्ति सुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ चितवन प्रहरीले सञ्चालनमा ल्याएको ‘थ्री एस’ अप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । अपराधका विभिन्न क्षेत्रमा उल्खनिय सफलता प्राप्त हातपार्न चितवन प्रहरी सफल भएपछि उक्त अप्रेसन प्रभावकारी बनेकाे हाे ।
पछिल्लाे समयमा चितवनमा लागू औषध र देहब्यापारलाई पहिलो निशाना बनाउदै आएको चितवन प्रहरीले कार्तिक १६ गते १८० एम्पुल र ३०३ ट्याब्लेट नाइट्रोब्याट सहित भारतीय नागरिक रामनिवास गुप्तालाई पक्राउ गरेको तीन साता बित्न नपाउदै गएको शुक्रबार राती ठूलो परिणामको लागू औषध र नगदसहित भरतपुर महानगरपालिका वडा नंं २ स्वामीचोकबाट भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट वर्ष २५ का केशव घले र ऐ . ऐ बस्ने वर्ष २४ का विशाल घलेलाइ जिल्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको टोलीले उनीहरुलाइ पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुलसहित नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको चितवन प्रहरी प्रमुख एसपी शुसिल सिहं राठौरले जानकारी दिएका छन् ।
एसपी राठौरका अनुसार केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाइ प्रहरीले फेला पारेको थियो । अनुसन्धानका क्रममा उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक रूपमा अनुसन्धान प्रक्रियालाइ अगाडी बढाईएको एसपी राठौरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्