काठमाडौं, १० मंसिर । नेपाली सेनाले ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा ३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको हो ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।
दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।
प्रतिक्रिया दिनुहोस्